Todays Date: २०८३ बैशाख १४

चीज गुरुङले आफ्नो बुवाको संगीत चोरेको ‘बले’को आरोप, समाजको धम्की नदिन चेतावनी

Chij Gurung and Sagar Lamsal

कलाकार सागर लम्साल ‘बले’ले आफ्ना पिता राजेन्द्र लम्साल र नारायण रायमाझीको स्वरमा समावेश तथा उजाड पौडेलको संगीत रहेको ‘छाडेर आए म’ बोलको गीतसँग एक महिना अगाडि रिलिज भएको ‘हावा सरर’ बोलको गीत हुबहु मिलेपछि आपत्ति जनाएका छन् ।

उनले गायक चिज गुरुङको युट्युब च्यानलबाट सार्वजनिक ‘हावा सरर’ बोलको गीत आफ्ना पिताको गीतसँग हुबहु मिलेपछि आफूले सम्बन्धित पक्षलाई जानकारी गराएको पनि उल्लेख गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उक्त गीत हटाउन समेत आग्रह गरेका छन्। स्टाटसमा उनले कुनै पनि संस्थाको आडमा धम्की नदिन भनेका छन् ।

यो विषयमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले मौन रहेकोमा समेत सागरले आपत्ति जनाएका छन् । उनले, यस विषयमा प्रतिष्ठानलाई जानकारी गराएपनि केही प्रतिक्रिया नआएको बताएका छन् । उनले प्रश्न गरेका छन्–‘अब जसलाई जे मन लाग्छ, चोरी गरि बजारमा नाम र दाम कमाउन पाइने हो ?’

यस्तो छ उनको स्टाटस–

गुरुङ समाजको आडमा धम्की नदिनुहाेला

नयाँ संगीतकारमा संगीत सिर्जनाको कमी हो या पुराना गीतहरूको प्रभाव बढी हो। करिब एक महिना अगाडी रिलिज भएको गायककार चिज गुरुङको आफ्नै युट्युब च्यानलमा राखिएको ‘हावा सरर’ बोलको गीतको संगीत मेरो बुवा राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाउनुभएको तथा कृष्ण उजाड पौडेलले संगीत गर्नुभएको गीत ‘छोडेर आए म’ सँग हुबहु मिल्दो देखियो।

गज्जबको कुरा त के भने चोरिएको गीत बजारमा आएको केही मिनेट मै मैले यो गीतको संगीत त मिल्दोजुल्दो देखियो भनेर सम्बन्धित पक्षलाई जानकारी गराउँदा तपाईँ जे गर्न सक्नुहुन्छ गर्नुस् मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो।

बजारमा चोरिएको संगीत भन्ने हल्ला नहुँदासम्म सानसँग संगीतकारमा आफ्नो नाम राखेका चिज गुरुङले अहिले सबैले थाहा पाइसकेपछि युट्युब डिस्कृप्सनबाट त आफ्नो नाम हटाएर संगीतको ठाउँमा म्युजिक कलेक्सन मात्र लेखी ठाउँ खाली राखेका छन् तर गीत तयार पार्दा सानसँग संगीतकारको प्लेटमा आफ्नो नाम लेखाएका चिज गुरुङले युट्युबको डिस्कृप्सनबाट संगीतकारको नामबाट आफ्नो नाम हटाए पनि भिडियोमा भने यथावत् छ।

वास्तविक सिर्जना गर्ने संगीतकार तथा सम्बन्धित पक्षलाई जानकारी नगराई बजारमा गीत आयो, आएको पनि महिनौँ भयो, नाम भयो, दाम भयो तर नेपाली लोक दोहोरीलाई केही हद सम्म नियमन गर्ने, असली सर्जकको हक हितमा बोल्ला भन्ने आशा राखिएको लोक तथा दोहोरी प्रतिष्ठान पनि यो विषयमा मौन छ।

मैले यसको बारेमा प्रतिष्ठानका अग्रजहरूलाई जानकारी गराइरहे तर थाहा छैन प्रतिष्ठानले कहिले सुन्ने हो। पछिल्लो समय अति नै अपाच्य शब्द राखेर निर्माण गरिएका दोहोरीबारे पनि लोक दोहोरी प्रतिष्ठानले मुख खोलेको छैन सायद कान पनि नखोलेरै बसेको छ होला। अब जसलाई जसलाई जसको जे मन लाग्छ चोरी गरी बजारमा नाम र दाम कमाउन पाइने हो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x