Todays Date: २०८३ बैशाख १४

‘महाजात्रा’को ५१ दिनको सेलिब्रेशन, १६ करोड ग्रस कलेक्शन

mahajatra

फिल्म ‘महाजात्रा’ले रिलिजको ५१ औं दिन पुरा गरेको छ । विदेशी बजारमा समेत सर्वाधिक कमाइको रेकर्ड राखेको यो फिल्मले शनिबार क्यूएफएक्सका विभिन्न चेन, आइएनआई सिनेमाज्, एफक्यूब सिनेमाज्, वान सिनेमाज्, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, सिनेडी सेफ र नेपालगञ्जको रोयल सिनेमाज्मा ५१ दिन पुरा गरेको हो ।

फिल्मले ५१ दिन मनाउँदा यसका निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री र कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ, कलाकारद्वय विपिन कार्की र वर्षा राउत देश बाहिर थिए । उनीहरुले, सामाजिक संजालबाट धन्यवाद ज्ञापन गरेका थिए ।

फिल्मको टिमले आयोजना गरेको सेलिब्रेशन कार्यक्रममा कलाकार हरिवंश आचार्यले नेपाली फिल्मलाई दर्शकको माया मिल्न थालेको भन्दै आभार व्यक्त गरे ।

फिल्म ‘जात्रा र जात्रै जात्रा’ले पनि ५१ दिन पार गरेका थिए । यस्तै, निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका पाँचैवटा फिल्मले ५१ दिनको रेकर्ड समेत राखेका छन् ।

यो फिल्मले ५१ दिनसम्म नेपाली बजारबाट १६ करोड ८ लाख ग्रस कलेक्शन भएको जानकारी दिए । फिल्मले विदेशी बजारबाट पनि १० करोड माथिको कमाई गरेको निर्माताको भनाई छ ।

यो टिमले अझै परिष्कृत ढंगबाट वि.सं २०८२ सालको दशैंमा नयाँ फिल्म रिलिज गर्ने तयारी समेत गरेको छ । चैत्र ९ गतेबाट हलमा रिलिज भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x