
नायक अरुण क्षेत्रीको नयाँ फिल्म ‘जुगिना’को लुक्स सार्वजनिक गरिएको छ। ‘महापुरुष’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका अरुणको यो तेस्रो फिल्म हो।
ट्राभल, रोमान्स र एडभेन्चरको कथामा निर्माण भएको यो फिल्मको कथावस्तु र भूमिकालाई लिएर अरुण उत्साहित देखिएका छन् । माजिक संजालमा उनले लुक्स सार्वजनिक गरेपछि राम्रो प्रतिक्रिया पनि पाइरहेका छन् ।
प्रवीण रोकायाले निर्देशन गरेको यो फिल्मको करिब एक महिना लगाएर ८० प्रतिशत छायांकन खप्तड र बझाङमा गरिएको छ । । बाँकी २० प्रतिशत छायांकन भने काठमाडौंमा हुने निर्माणपक्षले जनाएको छ ।
यो फिल्ममा नायक अरुणसँगै नायिका सुरक्षा पन्त र नायक कर्माको पनि मुख्य भूमिका छ। त्यस्तै, नायक अरुणले फिल्म ‘प्रेमा’मा मुख्य नायकको रुपमा काम गरिसकेका छन् ।