Todays Date: २०८१ श्रावण १०
AB Filmy

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

londan to paris

निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।

गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगी र नभिता पौडेलको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतमा साहिल खानको सम्पादन छ । फिल्मको सार्वजनिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । फिल्म यही जेठ २५ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top