Todays Date: २०८१ फाल्गुन १

फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

gau bato

फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार काठमाडौंका कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले सिनेमाले कथा भन्ने प्रष्ट पारेको छ ।

ट्रेलरमा गाउँमा गाडी आउँदाको खुसी, त्यसले पारेको प्रभाव, परिवर्तन र त्यसको नकारात्मक असर समेटिएको छ । ट्रेलरले गाउँको एक विपन्न परिवारमा सडक यातायातको सुविधासँगै त्यसले पारेको प्रभावको कथा फिल्मले भन्ने प्रष्ट पारेको छ ।

गाउँमा सडक यातायात आएसँगै त्यसले परम्परागत व्यवसायलाई कसरी विस्थापित गर्छ र त्यसले आम गरिव परिवारलाई कस्तो प्रभाव पार्छ भन्ने देखाएको छ ।

चित्रा तथा डोका बनेर त्यसलाई मुख्य पेसा गाडीको आवगमनसँगै विस्थापित भएको देखाएको ट्रेलरले खुसी लिएर आउने गाडीले कसरी दयाहाङको परिवारको खुसी खोस्छ त्यसलाई पनि देखाएको छ । सँगै पारिवारिक विछोड पनि ट्रेलरले देखाएको छ ।

नवीन सुब्बाको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिकामा छन् । फिल्म जेठ २५ गतेबाट देश तथा विदेशमा एकै साथ प्रदर्शनमा आउँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top