Todays Date: २०८३ बैशाख ११

छैटौँ दिनमा पनि ‘फर्की फर्की र पुजार सार्की’को उत्साहजनक व्यापार

pujar sarki farki farki

बिहिबारदेखि रिलिजमा आएका दुई नेपाली फिल्म ‘फर्की फर्की र पुजार सार्की’ले रिलिजको छैटौं दिनमा पनि उत्साहजनक व्यापार गरिरहेका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले दिएको सार्वजनिक बिदाको फाइदा यी दुबै फिल्मले उठाएका छन् । बिहानैबाट दुबै फिल्ममा दर्शकको चाप उच्च छ । काठमाडौंका केही हलका रात्रिकालीन शोसम्म बूकिङ उच्च छ । बिहानी शोबाटै राम्रो सुरुवात गरेका यी दुई फिल्मले मध्यान्ह, दिवा र रात्रिकालीन शोमा पनि दर्शकको उच्च साथ पाउने देखिएको छ ।

दुबै फिल्मका वितरकले गणतन्त्र दिवसको बिदामा आक्रामक व्यापार भएको बताएका छन् ।

बिहिबार र शनिबार आक्रामक कमाई गरेका यी दुबै फिल्मले शुक्रबार, आइतबार र सोमबार पनि राम्रो व्यापार गरेका थिए ।

दर्शकको सुखद वर्ड अफ माउथका कारण पनि रिलिजको छैटौं दिनमा पनि यी दुई फिल्मको अकुपेन्सी उच्च देखिएको हो । दोस्रो सातामा पनि कुनै नयाँ विदेशी र नेपाली फिल्म रिलिज नहुने भएकाले यी दुबै फिल्मले यसको फाइदा उठाउन सक्छन् ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘फर्की फर्की’मा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धी अर्याल लगायतका कलाकारको अभिनय छ ।

यस्तै, दिनेश राउतको निर्देशनमा विकास सुवेदीको लेखन रहेको फिल्म ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x