Todays Date: २०८३ बैशाख १०

किन एक हप्ता अगाडि सर्‍यो नीताको ‘ह्रस्व दीर्घ’ ?

harswo dirgha

नीता ढुंगाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति एक साता अगाडि सारिएको छ । यसअघि असोजको ११ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, अब यो फिल्म असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने भएको छ ।

वितरकसँग सल्लाह गरेर निर्माणपक्षले यो निर्णय लिएको हो । चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मको छायांकन सकिएको छ । फिल्मको हाल धमाधम डबिङको काम चलिरहेको छ । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।

यसैबिच, अब असोजको ३ गते ३ वटा फिल्मको भिडन्त हुने भएको छ । यो मितिमा फिल्म ‘खुस्मा र आउट ल : दफा २१९’ले प्रदर्शन मिति तोकिसकेका छन् । अब, नीताले पनि आफ्नो फिल्म बिदाको दिन पारेर रिलिज गर्न लागेपछि तीन वटा फिल्मबीच प्रतिस्पर्धा निश्चित भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x