Todays Date: २०८३ बैशाख १०

दर्शकमाझ घेरिए पल शाह

NEPALGUNJ VISIT PUJAR SARKI 1

दशौँ दिनमा चलिरहेको नेपाली फिल्म ‘पुजार सार्की’का अभिनेता पल शाह नेपालगन्जका दर्शकमाझ घेरिएका छन् । यहाँका हलहरू सिनेरोयल र क्यूएफएक्स सिनेमामा उनी आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए । जब पलको प्रवेश हल परिसरमा भयो तब दर्शकको उत्साह थपियो। नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका थिए।

नेपालगन्जका हलहरूमा हाउसफुल दर्शकहरू रहेपछि पल दिनभर नेपालगन्जमा नै रहने भएका छन्। उनले आफूले सबै दर्शकलाई भेटेरै मात्र यहाँबाट फर्किने बताए। उनले सिनेरोयलमा रहेको राती ९।१५ बजेको अन्तिम शो का दर्शकलाई समेत भेट्ने बताए। आज सिनेरोयलमा प्राप्त आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएका छन्। मध्यान्हपछिका शोहरू पनि लगभग सबै टिकट बिक्री भइसकेको हल श्रोतले बताएको छ।

पलसँगै चलचित्रका निर्देशक दिनेश राउत पनि नेपालगन्ज पुगेका छन्। सफलताका साथ चलिरहेको आफ्नो चलचित्र हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट राउत निकै खुसी देखिए। हाउसफुल दर्शकमाझ उभिएका राउतले आफ्नो चलचित्रको व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद व्यक्त गरे। दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया पाइरहेको उनले बताए।

सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए। ‘देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ। म भर्खरै जापान पनि पुगेर आएँ। अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ। बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,’ शाहले भने।

गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली फिल्मको रेकर्ड नै ब्रेक भएको हलका सिइओ रितेश श्रेष्ठले बताए। दश महिना अघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार ‘पुजार सार्की’ले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड राखेको श्रेष्ठले बताए। अभिनेता शाह, निर्देशक राउतसहितको ‘पुजार सार्की’ टिम भोली आइतबार दाङको भिएफएक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x