Todays Date: २०८१ श्रावण १०
AB Filmy

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक

satidevi

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । दिलासा क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा नायिका मलिका महत्तले काम गरेकी छिन् । फिल्मको सार्वजनिक टिजरमा छोरीको महत्वलाई दर्साइएको छ ।

यो फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानी छ । फिल्ममा मलिका महत, हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको लेखन तथा निर्देशन लक्ष्मण सुवेदीले गरेका हुन् ।

यो फिल्मलाई साउनको ४ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । सार्वजनिक टिजरमा छोराको आशामा बसेको एक पिता, छोरीहरूले भोगेको पीडालाई देखाइएको छ ।

सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकलाई मन पराउने विश्वास निर्देशक सुवेदीको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top