Todays Date: २०८२ बैशाख १३

यौनहिंसा विरुद्धको कथामा बनेको फिल्म ‘देवी’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा

devi

अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । महिला यौनहिंसा विरुद्धको कथावस्तुमा आधारित फिल्म आगामी भदौ २१ अर्थात् तीजको अवसरमा रिलिज हुनेछ ।

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले प्रदर्शनमा सघाउने भएको हो ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्म्ससँगको सहकार्यमा फिल्म नेपालसहित विदेशमा पनिा एकसाथ प्रदर्शनमा आउनेछ । यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका राईले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथामा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए ।

निर्देशक राईले नेपालमा क्राइम थ्रिलर फिल्म थोरै मात्र बन्ने भएकाले पनि हामीले यो जनरामा हात हालेका उल्लेख गरेका छन् । फिल्ममा एक अपरिचित पात्रले धमाधम बलात्कारीको हत्या गरिरहेको हुन्छ । यो हत्या सही वा गलत भन्ने प्रश्न सिनेमाले गर्छ । जसले नेपालको कानुन बदल्न जरुरी रहेको सचेतना दिनपनि फिल्म बनाएको निर्देशक राईको दाबी छ ।

निर्माण टिमका अनुसार फिल्ममा शिल्पाले पत्रकार, गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको भुमिका निवार्ह गरेका छन् । यो फिल्ममा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीले पनि अभिनय गरेका छन् ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । यो फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top