Todays Date: २०८३ जेष्ठ ११

फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित

jitu nepal

फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो ।

यो फिल्ममा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बन्दै गएको छ ।

जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । उनले भने, ‘फिल्म ज्वाइँ साबको सेटमै आएर स्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छु’

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। हाल अष्ट्रेलीयामा फिल्मकालागि छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्तामा नायिका फाईनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए। ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने बताए ।

फिल्म ‘कङ्गारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । ‘‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन् ।

फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन् । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।

फिल्ममा सीमा गुरुङको कथा रहेका छ । फिल्मका छायाँकार सुशन प्रजापति हुन् । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x