Todays Date: २०८३ जेष्ठ ११

‘पशुपति प्रसाद २ : भष्मे डन’ सिनेमाघर एपमा रिलिज

bhasme

फिल्म ‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटिटिमा रिलिज भएको छ। यो फिल्म शनिबार ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।

दीपेन्द्र के खनालको निर्देशन रहेको यस फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ ।

फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीको पनि विशेष भूमिका छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् ।

नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ । लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल रहेकोले ओटिटिमा यस फिल्मत्रलाई मन पराउने विश्वास राखे ।

हलमा यो फिल्म गत दसैँको फूलपातीमा रिलिज भएको थियो । यसको सफलतासँगै “पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x