Todays Date: २०८२ बैशाख १३

‘छक्का पन्जा ३’ बन्यो युट्युबमा सर्वाधिक हेरिएको नेपाली फिल्म

chhakka panja 3

हलमा समेत १८ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको नेपाली फिल्म ‘छक्का पन्जा ३ ’ले युट्युबमा पनि नयाँ रेकर्ड राखेको छ ।

यो फिल्मलाई युट्युबमा साढे ३ करोड भन्दा बढी पटक हेरिएको छ । यो युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको नेपाली फिल्मको रेकर्ड हो ।

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट साढे ३ बर्ष अगाडि यो फिल्म रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै रुचाएका पनि थिए ।

दीपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

३ लाख २० हजार भन्दा बढी दर्शकले फिल्म हेरेपछि लाइक गरेका छन् । ८ बर्ष अगाडि युट्युबमा रिलिज भएको फिल्म ‘प्रेमगीत’लाई भने ३ करोड २० लाख भन्दा बढी पटक हेरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top