Todays Date: २०८३ जेष्ठ १२

किन विवादास्पद अभिव्यक्ति दिन्छन् कलाकार ?

Swastima

नायिका प्रियंका कार्कीले केही बर्ष अगाडि ‘अमेरिका पहिलो पटक हो, यूएसए धेरै पटक आइसकेँ’ भनेर दिएको जवाफ आज पनि विवादित छ । यो भनाई सार्वजनिक भएपछि प्रियंका आजका दिनमा पनि ट्रोलको सिकार बनिरहेकी छिन् ।

यता, नायिका पूजा शर्माले बारम्बार दिने गरेका अन्तरवर्ता पनि विवादमा पर्ने गरेका छन् । नायक पल शाह ‘नाबालिका बलात्कारको मुद्दा’मा जेल पर्दा पूजाले ‘बलात्कार’को बिषयमा दिएको एक बयानले उनको करिअरलाई नै उथलपुथल बनाइदियो ।

नेपाली फिल्म क्षेत्रमा कलाकारहरूले बेलाबखत दिने गरेका विवादित बयानले उनीहरुको करिअरमा नै उतारचढाव ल्याउने गरेको छ । यस्ता विवादले केहीको करिअर नै ‘बर्बाद’ भएको छ ।

नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको एक अन्तरवार्ता पनि अहिले विवादमा छ । यी दुईले दिएको अन्तरवार्ता सर्वाधिक आलोचित हुनुको पछाडि उनीहरुले अन्य कलाकारहरूको व्यक्तिगत जीवनको बिषयमा नबुझी बोल्नु, मजाकमा उडाउनु नै हो ।

नायक अनमोल केसी, नायिका जसिता गुरुङको व्यक्तिगत जीवनको बिषयमा अनावश्यक तर्क गर्नु, नायिका पूजा शर्माको बेड रुमको विषयलाई मजाकमा उडाउनु मुख्यकारण हुन् । यसले, यी दुई नायिकाको बौद्धिक क्षमतामा समेत प्रश्न उठेको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह निरन्तर फिल्म असफलताका कारण तनावमा छिन् । उनको करिअर नै अब के हुने हो भन्ने अवस्थामा छ । यस्तो अवस्थामा, सार्वजनिक अन्तवार्ताले उनको करिअरलाई झनै कमजोर बनाइदिएको छ ।

आम मानिसहरू स्वस्तिमाको शैलीबाट भने अचम्मित बनेका छन् । पछिल्लो समय एउटा राम्रो उचाइमा पुगेकी स्वस्तिमाका फिल्महरू पनि दर्शकको रोजाइमा थिए । उनको, बोल्ने शैलीले भने दर्शकको ध्यान तानेको थियो । तर, यही एउटा अन्तवार्ताले स्वस्तिमालाई चिल्लाइदियो । स्वस्तिमाबाट यस्तो अपेक्षा थिएन भन्नेहरू थुप्रै भेटिन्छन् ।

कलाकारहरूले बोल्दा सोचेर बोल्नुपर्छ यसै भनिएको होइन । सोचेर बोल्न नजान्दा, हतारमा बोल्दा थुप्रै कलाकारहरूलाई आलोचित बनाएको छ ।

यसपटक स्वस्तिमा र साम्राज्ञीलाई ‘बोल्न नजान्दा बर्बाद’ भयो । यस्तो घटना यसअघि पनि थुप्रै कलाकाररुले भोगिसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x