Todays Date: २०८२ जेष्ठ १०

फिल्म ‘जेरीः अन टप’ भ्यालेन्टाइन डेमा रिलिज हुने

jerry on top

छायांकनमा नजाँदै फिल्म ‘जेरीः अन टप’को प्रदर्शन मिति तय गरिएको छ । सुयोग गुरुङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको प्रदर्शन मिति अब फागुनको २ गतेलाई तोकिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर यो फिल्म रिलिज हुने पक्का भएको हो ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई प्रेम गर्नेहरूको पर्वको दिनबाट रिलिज गर्न लागिएको हो ।

सरोज न्यौपाने, दीपक भण्डारी र रोविन शेरचनको निर्माणमा तयार हुन लागेको यो फिल्ममा नायक अनमोल केसी, नायिकाद्धय आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहने पक्का भइसकेको छ ।

फिल्मको छायाङ्कनलाई साउनबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षको छ । फिल्म रिलिज भएको सातामा प्रजातन्त्र दिवसको बिदा समेत छ ।

यस्तै, दोस्रो सातामा महाशिवरात्रि पर्व पनि रहेकाले निर्माणपक्षले भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ लाई प्रदर्शन मिति तय गरेको हो । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x