Todays Date: २०८२ जेष्ठ १०

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ लाई निश्चित

bar and badhu

फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो ।

यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो । फिल्मको हाल प्रोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x