Todays Date: २०८१ मंसिर २८

फिल्म र नाटक भन्दा बाहिर जान सक्दिनँ- दयाहाङ

daya 1

नेपाली फिल्म क्षेत्रमा अभिनेता दयाहाङ राई अहिले दबदबा छ । उनको गतबर्ष मात्र ९ वटा फिल्म रिलिज भए । यो बर्ष पनि उनको आधा दर्जन फिल्म रिलिज हुने पक्का छ ।

संघर्ष गर्दै नेपाली फिल्म क्षेत्रको नम्बर १ पोजिशनमा पुगेका दयाहाङलाई भोलिका दिनमा यस्तो खालको क्रेज, यो विरासत रहँदैन भन्ने थाहा छ कि छैन होला ?

यसको जवाफमा दयाहाङ भन्छन्, ‘१, २, ३ नम्बर त म गन्दिनँ । तर, सत्य कुरा के हो भने समय त गतिशील छ । घुम्दै आउँदै गर्दा समयको काँटा कहाँ पुग्छ पुग्छ नी । मलाई थाहा छ, मैले काम गर्ने मेरो क्षमता पनि हुनुपर्छ । मैले काम गर्न सक्छु, सक्दिनँ भन्ने पनि थाहा छ ।’

उनी अगाडी थप्छन्, ‘भोलि मैले अहिलेको जस्तो फिल्म नखेल्न पनि सक्छु । मान्छे हो, सधैं एउटै इनर्जीमा काम गर्न सक्छ भन्ने पनि हुँदैन । भोलि काम गर्न नसकेर समय जान पनि सक्छ । दर्शकले मैले गरेको कामलाई मन नपराउन पनि सक्छन् । यो कुरा त हुन्छ नी । त्यसका लागि तयार भने हुनुपर्छ । भोलि कसरी काम गर्ने भन्ने कुरामा म तयार छु ।’

दयाले भोलि कुनै काम कसरी गर्ने भन्ने बिषयमा तयार हुनुपर्ने तर्क गरे । नायकपछिको दयाहाङ के हो त ? भन्ने प्रश्नमा उनले भने–‘व्यवसायिक हिसाबले हेर्दा त म फिल्म र नाटक भन्दा बाहिर जान सक्दिनँ । तर, मेरो व्यवसाय नै कलाकारिता हो । निर्देशक, निर्माता भनेको त यही क्षेत्रमा काम गरेपछि भइहाल्छ नी ।’

दयाहाङ असारको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को प्रचारमा व्यस्त छन् । यही फिल्मको बिषयमा कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top