Todays Date: २०८१ माघ ७

गृहजिल्लामा एकसाथ देखिए राजेश र धीरेन

Rajesh Hamal and Dhiren Shakya

नायकद्धय राजेश हमाल र धिरेन शाक्यको सम्बन्धको बिषयमा नेपाली मिडियामा लामो समयदेखि चर्चा हुँदै आएको छ । राजेश हमाल र धिरेन शाक्यले केही फिल्ममा काम गरे ।

कुनै समय यी दुवैको क्रेज उस्तै थियो । सोही समयमा धिरेनले ‘को राजेश हमाल’ भनेर दिएको एक अभिव्यक्ति अहिले पनि चर्चामा छ । यसपछि, यी दुबैविच सम्बन्ध बिग्रिएको चर्चा चल्यो ।

तर, गृहजिल्ला पाल्पामा भने राजेश र धिरेन एकसाथ देखिएका छन् । पब्लिक नमुना विद्यालयको स्वागत कार्यक्रममा उनीहरू पुगेका हुन् । राजेश हमालका पिता स्वर्गीय चुडा बहादुर हमाल यो विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । हमाललाई उनकै छोरा भएको नाताले विद्यालयमा स्वागत गरिएको हो । यस्तै, नायक धिरेन शाक्यलाई भने पूर्व विद्यार्थीको नाताले स्वागत गरिएको थियो ।

नायक हमालका पिता चुडाबहादुर हमाल यो विद्यालयको प्रिन्सिपल हुँदा उनी जन्मिएका थिए । यसपछि, उनीहरुको परिवार काठमाडौं बसाई सरेको थियो । हमालले आफूलाई यो विद्यालयमा आउन मन लागेको बताए ।

यस्तै, नायक शाक्यले आफूले पढेको विद्यालयमा आउन पाउँदा खुशी लागेको तर्क गरे । विद्यालयको कार्यक्रमपश्चात हमाल र शाक्यले एकसाथ फोटो समेत खिचाएका छन् ।

rajesh
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top