News

‘फर्की फर्की’मा ५० लाख बुझेका अनमोलले तिरे साढे ७ लाख कर

anmol kc e1720968301775
anmol kc e1720967482605

नायक अनमोल केसीको पारिश्रमिकको चर्चा सधैं नै हुने गर्दछ । उनले, एउटा फिल्ममा काम गरेको ५० लाख लिने गरेको चर्चा भएपनि कुनै निर्माताले संझौता रकम भने सार्वजनिक गरेका छैनन् ।

तर, जेठको १० गतेबाट रिलिजमा आएको फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले भने अनमोललाई ५० लाख दिएको पुष्टि गरेका छन् ।

उनले, अनमोलले ५० लाख पारिश्रमिक बुझ्दा साढे ७ लाख रुपैयाँ नेपाल सरकारलाई कर तिरेको पनि उल्लेख गरेका छन् ।

रोहितले सामाजिक संजालमा अनमोलले लिएको पारिश्रमिक र तिरेको करको डाटा नै सार्वजनिक गरिदिएका छन् ।

नेपालमा कलाकारहरूले महँगो पारिश्रमिक लिए पनि कर भने कम तिर्ने गरेको चर्चा हुने गर्दछ । कतिपय कलाकारहरूले संझौता रकममा महँगो पारिश्रमिक लेख्न लगाएर सस्तो पारिश्रमिक लिने गरेको चर्चा पनि हुने गर्दछ ।

तर, रोहितले फिल्म ‘फर्की फर्की’मा अनमोलले ५० लाख पारिश्रमिक लिएको पुष्टि गर्दै कर पनि सोही अनुसार तिरेको सार्वजनिक गरिदिएका छन् ।
जेठ १० गतेबाट रिलिजमा आएको यो फिल्मले विश्वव्यापी बजारमा आक्रामक कमाई गरेको थियो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments