Todays Date: २०८१ चैत्र १५

मंसिर ७ मा ‘तेल भिसा’, पोस्टरमा दोहोरो भुमिकामा देखिए विपिन

Tel Visa Release Date Poster

शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो ।

फिल्म भोली सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच फिल्मको निर्माण टिमले आज आइतबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । फिल्मको पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउने देखिन्छ ।

यसअघि भदौ २९ गते रिलिज हुने भनिएको फिल्म अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ । फिल्मको लागि उपयुक्त मिति लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरे बताउँछन् । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top