News

गायिका समीक्षा भन्छिन्- पुरुषहरूले जति गल्ती गरे पनि देखिँदैन

samikhya adhikari
samikhya adhikari

गायिका समीक्षा अधिकारीले समाजमा छोरी मान्छेहरूलाई हेर्ने नजर फरक रहेको बताएकी छिन् ।

फिल्म ‘बुलाकी’को एक गीतमा स्वर भरेपछि मिडिया कुराकानीमा उनले भनिन्–‘पुरुषहरूले जति गल्ती गरे पनि देखिँदैन । महिलाको केही भयो भने उसलाई पछाडि नै पारिन्छ । तर, अब जित्नुपर्छ । अगाडि बढ्नुपर्छ । आफू सही छ भने किन डराउने ?’

समीक्षाले नेपालमा सबैभन्दा बढी गाली खानेमा आफू पर्ने गरेको सुनाइन् । भनिन्–‘पहिले सुरु सुरुमा निकै गाह्रो हुन्थ्यो । तर, गाली गाएर के गर्नु ? अहिले त मैले वास्ता पनि गर्न छाडेकी छु । मैले सबै पचाइसकेँ ।’

सामाजिक सञ्जालमा बेलाबखत समीक्षाले लेख्ने स्ट्याटस पनि चर्चामा रहन्छ । उनले, आफूलाई कसैलाई भन्न मन लागेर नै लेख्ने गरेको पनि सुनाइन् ।

समीक्षाले नेपालमा झरी पर्ने सिजनमा कन्सर्टहरू नहुने भएकाले आफू विदेशमा आयोजना हुने कार्यक्रममा व्यस्त रहेको सुनाइन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments