Todays Date: २०८१ चैत्र १५

धमाधम फिल्म साइन गर्दै नीति

niti

यो वर्षको वैशाख महिनामा नायिका नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ रिलिज भयो । यो फिल्म बक्स अफिसमा चलेन । यो फिल्म नचलेपछि नीतिको करिअर अब के होला भन्ने प्रश्नहरू पनि उठे ।

तर, यो फिल्म असफलताले नीतिलाई केही पनि फरक परेको छैन । उनको हातमा फिल्मको लाइनअप लामो बनेको छ ।

नीतिले नयाँ फिल्म ‘मोहर’ साइन गरेकी छिन् । ओम प्रतिकले निर्देशन गर्न लागेको फिल्म नीतिले साइन गरेकी हुन् ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् । निर्माण पक्षले फिल्मको बारेमा अरू केही पनि बताएको छैन ।

नीतिले हालै मात्र फिल्म ‘ज्वाइँसाब’को छायांकन सकाएकी छिन् । एउटा गीत बाँकी राखेर यसको निर्माण पक्षले छायांकन सकिएको जानकारी दिएको छ ।

नीतिको हातमा फिल्म ‘रुखान’ पनि छ । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मको छायांकन चाँडै सुरु गर्ने योजना निर्माण पक्षको छ ।

नीतिले निर्देशक दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको अन टाइटल प्रोजेक्ट पनि साइन गरेकी छिन् । यस्तै, नीतिले अर्को एक नाम चलेको ब्यानरको फिल्म पनि साइन गरेको बुझिएको छ । यो विषयमा नीतिले केही पनि बताएकी छैनन् ।

यसरी हेर्दा, नीतिको हातमा फिल्मको लाइनअप बलियो देखिएको छ । पहिलो फिल्म असफल भए पनि नीति फिल्म क्षेत्रमा सर्वाधिक माग भएकी नायिका बनिरहेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top