Todays Date: २०८१ माघ ७

रहेनन् दर्जनाैं कालजयी गीतका गायक जोशी

lp joshi

 वरिष्ठ सङ्गीतकर्मी लक्ष्मीप्रसाद जोशी (एलपी जोशी) को निधन भएको छ । दर्जनाैं कालजयी गीत गाएका जोशीको बिहीबार ८८ वर्षको उमेरमा झापाको विर्तामोडमा निधन भएको हो।

१९९३ सालमा धनकुटा-६ बिचबजारमा जन्मिएका गायक जोशीलाई बिर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा बिहीबार साँझ झापामा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको दमकस्थित घरबाट अस्पाल लैजानेक्रममा बाटोमै निधन भएको हो।

उनी लामो समयदेखि मधुमेहबाट ग्रसित थिए। २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमै जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए।

उनको ‘रिटिङ रिटिङ…’ , ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो…’ लगायत दर्जनाैं कालजयी गीत लोकप्रिय छन्। उनको अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुने पारिवारिक स्रोतले जनाएकाे छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top