Todays Date: २०८१ माघ ७

यूएईमा ‘नेपाल आइडल विथ स्ट्यान्डअप कमेडी’

nepal idol with stand up comedy live in dubai 1

नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार, फष्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाई) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको हो । नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिए ।

गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोइरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।

आगामी शनिवार (अगष्ट ३ तारिख) अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट , गृन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् ।

त्यसै गरी आइतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई, ग्लोबल एनआरएनए, नेपाल आदिबासी जनजाति महासंघ, नेपाली समाज, तनहुँ समाज, कास्की लगायत २८ बढी सङ्घसंस्थाको सहयोग रहेको आयोजक ईनास युएईका अध्यक्ष एमडी बोहराले र द अरनिको ईन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुने कलाकारहरुको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top