प्रधानमन्त्री केपी ओली अभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

nametine

अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छन् ।

कार्यक्रममा एसिड सर्भाइभरहरु मुस्कान खातुन,जेनी खड्का, रामराजा थापाको उपस्थिति रहेको थियो । एसिड आक्रमणमा परेकी मुस्कान खातुनले आफुले पाएको जस्तो दुख पिडा अरुलाई नपरोश भन्नको लागि यस चलचित्रले समाजमा राम्रो सन्देश दिने बताउनु भयो ।अर्की पिडित जेनी खड्काले हामीलाई समाजले हेर्ने नजर नै फरक भएको हुदा यस्तो नगर्न अनुरोध गरिन।

यता फिल्मका निर्देशक रमित ढुङ्गानाले आफुले यो चलचित्र निर्माण गरेर अरु थप कोहि एसिड आक्रमणको सिकार बन्न नपरोस् भनेर निर्माण गरेको बताउनु भयो । चलचित्र निर्माण गर्दा कति पैसा खर्च भयो भन्दा पनि आत्मासन्तुष्टी मिलेको ढुंगानाले जानकारी दिनु भयो । निर्माता अमित ढुंगानाले ‘नमेटिने घाउ’ निर्माण गर्नुको फरक उदेश्य रहेको तथा चलचित्रले समाजमा सन्देश प्रवाह गर्ने विश्वास गर्नु भयो ।

फिल्मले नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज सशक्त रुपमा उठाएको छ । फिल्म भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुदैछ । फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन,ओम सुनारको गायक तथा सङ्गीत र किरण दाहालको एक्सन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top