अभिनेता विपिन कार्कीलाई मातृशोक

चर्चित अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । विपिनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।
सरस्वतीको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।
पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
कार्की आमा बिरामी भएपछि केही दिन अघि सुटिङ छाडेर काठमाडौं आएका थिए ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।