‘राधा पियारी’मा एक वर्षपछि पल र मलिका एकसाथ

malika paul

लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियाे ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओ.एस.आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो।

सिने क्षेत्रका दुई चर्चित कलाकारहरू पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ। पि.एम जोडीको नामले परिचित यी दुईको यो भिडियाे केही विशेष छ। भिडियाे केही सस्पेन्स छ तर आकर्षक बनेको छ।

नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियाेले सहकारी पीडितहरुको कथा बोल्छ-जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियाेले मनोरञ्जन संगसंगै पीडितहरुको आवाज उठाएको छ। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो। समग्रमा भन्नुपर्दा-भिडियाेले समाज रुपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गरेको छ।

भिडियाेमा पल र मलिका पुलिसको भुमिकामा छन । सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई भिडियाेले रमाईलो तरिकाले प्रस्तुति गरेको छ। बाँकी कथा बुज्न भने भिडियाे नै हेर्नुपर्ने छ।

पल र मलिका कुनै समयको दर्शकले रुचाएका जोडी हुन। पछिल्लो समयकी डिमान्डेड गायिका शान्ती श्री परियार र गायक कृष्ण बि.केको सुमधुर आवाज रहेको यो गीतमा कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका छन। सार्वजनिक भिडियोमा जि.बि अग्रको निर्देशन रहेको छ। गीत र गीतको भिडियाेले दर्शकको मन छुनेमा निर्देशक जि.बि अग्रि र गायक कृष्ण बि.के विश्वस्त छन।

नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन। भिडियाेमा अर्जुन तिवारीको सिनेमाटाेग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x