News

लक्ष्मी पूजाका दिन भिड्दै पल र प्रदीप

aktor and mayabi
aktor and mayabi

नेपाली फिल्म क्षेत्रमा दुई सुपरस्टार नायकहरु प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’ले जेठ महिनामा सुखद कमाई गर्यो ।

यो फिल्म चलाउनमा कुन नायकको बढी हात छ भन्ने टिप्पणी अहिले पनि भइरहेको छ । तर, यो बिचमा यी दुई नायक भने एकसाथ भिड्न तयार भएका छन् ।

कार्तिकको १५ गते लक्ष्मीपूजाको दिनमा नायक प्रदीप खड्का अभिनित फिल्म ‘एक्टर’ रिलिज पक्का थियो । राजन भुषालको निर्देशनमा तयार भएको यो फिल्मको छायांकन पनि लगभग सकिएको छ ।

तर, अब यो फिल्म सोलो रिलिज हुन नपाउने भएको छ । यो मितिमा दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’ पनि रिलिज हुने भएको छ ।

पल शाह, दिपिका प्रसाँई, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समीम खानको मुख्य भूमिका रहेको फिल्मलाई पनि कार्तिकको १५ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए ।

क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।

लाइन प्रोड्युसरमा राजकुमार कार्की छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

लक्ष्मीपूजाको बक्स अफिस पल शाह भर्सेस प्रदीप खड्का हुने पक्का भएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments