Todays Date: २०८३ जेष्ठ २७

राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

suren rai

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छन्। सुरेन्द्र र सुसनले विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ज गरेका हुन्।

सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गरेका थिए। उनीहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो। यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।

सुरेन्द्र र सुसनले बताए, “हामीले यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता, र नेपालको पर्यटनको प्रवर्द्धनका लागि गरेका हौं।”

उक्त प्रयासमा सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेका थिए। फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए।

सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा गरिएको यो कीर्तिमान कार्यक्रम गिनिज वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा सम्पन्न भएको हो।

नेपालको सांस्कृतिक धरोहर र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको यो प्रयासले देशको प्रतिष्ठालाई विश्वमा नयाँ उचाइमा पुर्‍याएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x