Todays Date: २०८३ बैशाख ११

५ वर्षपछि ‘लाज शरणम्’बाट सितारामको कमब्याक

sitaram kattel6

‘सक्किगोनि’ समूहले निर्माण गरेको फिल्म ‘लाज शरणम्’बाट कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले कमब्याक गर्ने भएका छन् । गएको दुई सातादेखि डोल्पामा छायांकन भइरहेको यो फिल्म मार्फत सितारामले करिब ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् ।

एकसातादेखी डोल्पामा आफ्नो भागको छायांकन गरिरहेका सितारामको सुटिङ सेटबाट एउटा तस्वीर सार्वजनिक भएको छ । निर्माणपक्षले उनको प्रवेशलाई अहिलेसम्म गोप्य राखिरहदा एकाएक यो तस्वीर बाहिरिएको हो ।

सार्वजनिक तस्वीरमा सिताराम सङै अर्जुन घिमिरे (पाडे बा) लगायत अन्य दुई जना प्रस्तुत छन् । तस्वीरमा सितारामलाई गाउले परिवेशमा देख्न सकिन्छ । यो फिल्मको कथा बुझिए अनुसार उनीमा केन्द्रित छ ।

सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्ने यो फिल्म आगामी फागुन १४ गते अर्थात शिवरात्रीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउनेछ ।

कुमार कट्टेल (जिग्री ब्रो)ले निर्देशन गरिरहेको यो फिल्ममा सितारामसहित अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणी नेपाल, हरिश निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x