नारीप्रधान भएर पनि ‘बेहुली फ्रम मेघौली’ रमाइलो छ : स्वस्तिमा

beuli

‘बेहुली फ्रम मेघौली’ यस वर्षको एउटा प्रतिक्षित फिल्म हो। निश्चल बस्नेत र स्वसतिमा खड्काको वजनदार नामले नै यो फिल्मलाई एउटा प्रतिक्षित फिल्म बनाएको हो। स्वस्तिमाका लागि यो फिल्म निर्माण डेब्यूभएकाले पनि अझ विशेष छ। त्यसैले फिल्मको प्रचारप्रसारमा सबैभन्दा बढि सक्रियता र उत्साह पनि उनलाई छ।

स्वस्तिमाको नजरमा ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान फिल्म हो। यसको अर्थ परम्परागत रुपमा बुझिने रोनाधोनायूक्त नारीप्रधान फिल्म भने होइन। घरका पर्खाल नाघेर अघि बढिरहेका नारीका प्रधानविषय रोनाधोनायूक्त मात्र हुँदैन भन्ने विषयमा यो फिल्म केन्द्रित छ। फिल्म प्रस्ताव गरिदां स्वस्तिमाले नारीप्रधान भनेपछि यसलाई पनि माथि भनिएजस्तै रोनाधोनायूक्त फिल्म होला भन्ने ठानेकी थिइन।

उनको हातमा स्क्रिप्ट दिदां फिल्मका निर्देशक तथा लेखकदोय साजन बराल र आकाश काफ्ले ‘बेहुली फ्रम मेघौली’को (यध्यपी त्यतिबेलासम्म यो नाम तय भइसकेको थिएन) स्क्रिप्ट दिदां नारी पात्र केन्द्रित एउटा नारीप्रधान सिनेमा भएको बताएका थिए। त्यसैले उनलाई त्यस्तो लागेको थियो।

जब उनले स्क्रिप्ट पढिन् फिल्मको स्क्रिप्ट नारीप्रधान भइकन पनि रमाइलो कथा बोकेको फिल्म थियो। स्क्रिप्टमा फिल्मकी मुल पात्र ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी र परिवार तथा समाजको जसरी नी बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी छन्। अवस्था उनका लागि समस्यायूक्त तर दर्शकका लागि यो परिदृश्यमा निर्माण हुने परिस्थितिहरु मनोरञ्जक।त्यसैले स्वस्तिमाले यसलाई नारीप्रधान भइकन पनि रमाइलो फिल्म भनेर व्याख्या गरेकी हुन्।

‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरुले यो नारीप्रधान फिल्म भन्नुभएको थियो । नारीप्रधान फिल्म भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भिर, दुःख देखाउने फिल्म भन्ने लाग्छ नि । मलाई कसैले नारीप्रधान फिल्म छ है भन्यो भने अलि दुखीयारी किसिमको कथा भइरहेको हुन्छ। स्क्रिप्ट पढ्नु मलाई पनि त्यस्तै फिल्म होला भन्ने लागेको थियो’, स्वस्तिमाले भनेकी छन्, ‘स्क्रिप्ट पढ्नु अगाडि निर्देशकले केही कथा भनेको पनि थिएन। त्यही सोचेर म स्क्रिप्ट पढ्न बस्या थें। नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने फिल्म हो।

यसैगरी स्वस्तिमाको आग्रह छ, ‘बेहुली फ्रम मेघौली’लाई अन्य नारीप्रधान फिल्म जस्तो मात्र नसोचियोस् ‘नारीप्रधान फिल्म मात्र भन्दा निश्चित दर्शक केन्द्रित हुन जान्छन्। योचाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने फिल्म हो जहाँ एउटा खास विषयलाई लिएर रमाइलोसँग बनाएको फिल्म हो’ उनले आफ्नो फिल्मका बारेमा स्पष्ट पार्दै भनिन्।

स्वस्तिमाका अनुसार फिल्मले लगभग ३० वर्ष पुग्न लागेको केटीमान्छेलाई सामाजिक तहमा विवाहको लागि जस्तो दबाब हुन्छ त्यसलाई रमाइलो ढंगले एउटा कथा बनाएर फिल्ममा पेस गरिएको छ।

स्वस्तिमाको कुरामा यस फिल्ममा उनीसँग स्क्रिन सेयर गरिरहेका निश्चल बस्नेतको पनि समान धारणा छ। ‘यो परिवारसँग बसेर हेर्दा झन् महशुस गर्न सकिने फिल्म हो। यसमा बिहे गरिसक्नुभएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने बिहा गर्न बाँकीहरुले योचाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर उहाँहरुले महशुस गर्नुहुनेछ।’

फिल्मको घोषणादेखि नै दर्शको पर्खाइमा रहेको यो सिनेमालाई लिएर नेपाली फिल्मप्रेमी दर्शकमा बेग्लै प्रतिक्षा रहेको छ। निश्चल र स्वस्तिमाको ओझिलो नामको साथमा हाल सम्म सार्वजनिक भएका फिल्मका प्रचार सामाग्रीका कारण पनि यो फिल्मले दर्शकलाई फिल्मको व्यग्र बनाएको हो।

फिल्मको गीतसंगीत तथा ट्रेलरले दर्शकको मन जितिरहेको छ। विशेषगरी ‘छड्के सलाम’ गीतले टिकटक तथा यू्ट्यूबमा धेरै नै राम्रो लोकप्रियता बटुलिरहेको छ। यस्तै एउटी कुमारी युवती प्रेमिल मनको भावना व्यक्त गरेको ‘उडायो मन’ बोलको गीतले युवतीहरु मन जितेको टिकटकमा बनेका भिडियोहरुको संख्या हेर्दा बुझ्न सकिन्छ।

यस अर्थमा घटस्थापनामा रिलिज हुने फिल्मले दर्शकलाई पूर्णरुपमा मनोरयझ्न प्रधान गर्नेमा कुनै शंका छैन।

‘बेहुली फ्रम मेघौली’मा निश्चल स्वस्तिमाका अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x