Todays Date: २०८३ बैशाख १६

‘फेरी रेशम फिलिली’को काठमाडौं र पाँचखाल सेड्युल प्याकअप

Pheri Resham Filili

निरोज महर्जनले निर्देशन गरिरहेको फिल्म ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको छायांकन सकिएको छ । छायांकनरत यो फिल्मको पहिलो चरणको छायांकन काठमाडौं र काभ्रेको पाँचखालमा १२ दिनमा सकिएको हो । फिल्मको दशैंलगत्तै छायांकन सुरु गरिएको थियो ।

निर्मात रौनक विक्रम कडेलका अनुसार फिल्मको दोस्रो चरणको छायांकन तिहारपछि सुरु गरिनेछ । यो फिल्म २०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलमा निर्माण गरिएको हो । फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया प्रमुख भूमिकामा छन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पा छिन् । यो फिल्मको पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए ।

सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण गरेको यो फिल्ममा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।

फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x