Todays Date: २०८३ बैशाख १०

यस्तो छ ‘ह्रस्व दीर्घ’को ट्रेलर

Nepali Film Teller

कात्तिकको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मल्टिस्टारर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

नीता ढुंगानाको निर्माणमा तयार भएको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा हरिहर अधिकारीको कथा छ ।

सार्वजनिक ट्रेलरलाई कमर्सियल बनाइएको छ । फिल्ममा एक्सन, रोमान्स, विछोड, कमेडीको समिश्रण छ । प्रतीक पौडेलको संवाद रहेको फिल्ममा कविर लालको छायांकन छ ।

फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, विपना थापा, सुनिल वर्मा, मोहमद वली, कविर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइँटेल, किरण केसी, रविन्द्र झा, वुद्दि तामाङ, निर्मल शर्मा, विशाल पहारी, प्रशान्त ताम्राकार, गरिमा शर्मा, आदर्श मिश्र लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा प्रतीक पौडेल, सम्राट न्यौपाने, यश कुमार, एलिस कार्की, विशाल निरौला, वावुल गिरी, दुर्गेश थापाको संगीत छ ।

राजु तामाङको एक्सन रहेको यो फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको मेकिङ उच्च देखिएको छ । बक्स अफिसमा यो फिल्मले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x