Todays Date: २०८१ मंसिर २८

चार हप्तामा ‘१२ गाउँ’ले कमायो साढे २५ करोड

Biraj Samir

विराज भट्ट र समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माण पक्षका अनुसार चार हप्तामा ‘१२ गाउँ’ले २५ करोड ५० लाख ग्रसकलेक्सन गरेको हो ।

फूलपातीका दिन रिलिज भएको फिल्मले आक्रमक ग्रसकलेक्सन गरेको थियो । ‘१२ गाउँ’ आजबाट पाँचौं हप्तामा प्रवेश गरेको छ ।

फूलपातीका दिन रिलिज भएका अन्य फिल्मलाई पछि पार्दैै अहिले पनि यो फिल्म चलिरहेको छ । प्राप्त शोमा अहिले पनि यो फिल्म हाउसफूल अकुपेन्सीसहित चलिरहेको छ ।

‘१२ गाउँ’लाई विराज भट्टले निर्देशन गरेका छन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेव्यु गरेका छन् ।

फिल्ममा बिराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बनेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए । तमिल तथा कन्नड फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली फिल्म सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top