Todays Date: २०८१ मंसिर २८

‘पूर्णबहादुरको सारंगी’ले नयाँ कीर्तिमानसँगै १० दिनमा कमायो १८ करोड

image 2

लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले आक्रामक व्यापार गरिरहेको छ। यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ।

निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको छ। फिल्मले नयाँ कीर्तिमान समेत कायम गरेको छ। यो फिल्मले एकै दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ।

शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको फिल्मले शनिबार एकै दिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो। अहिलेसम्म एकै दिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन्।

‘पूर्णबहादुरको सारंगी’ ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ। फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो।

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान ‘पूर्णबहादुरको सारंगी’ ले तोडेको हो। कतिपय हलहरुले बिहान सबेरै र मध्यरातमा पनि फिल्म चलाएका छन्।

‘पूर्णबहादुरको सारंगी’ सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top