Todays Date: २०८३ जेष्ठ १७

दीपक भन्छन्, ‘महानायक पद न मैले दाबी गरेको थिएँ, न गर्नेछु’

Deepak Raj Giri

केही वर्षअघि निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा ‘महानायक (राजेश हमाल) हुनुहुन्छ र ?’ भनेर दिएको अभिव्यक्तिले अहिलेसम्म पनि उनीमाथि गालीगलौज रोकिएको छैन । उनको त्यही अभिव्यक्तिका कारण धेरैले अभिनेता दीपकराज गिरीलाई कटाक्ष गर्दै ‘महानायक’ भन्ने गरेका छन् । अक्सर यो कटाक्ष उनले फेसबुकमा लेख्ने गरेका स्टाटसको कमेन्टमा देखिन्छ ।

तर, उनले अबदेखि आफूलाई ‘महानायक’ भन्नेलाई फेसबुकमा ब्लक गर्ने चेतावनी दिएका छन् । शुक्रबार दीपकराजले फेसबुक विचार राख्ने थलो भएकाले यसमा दुनियाँलाई नभइ आफूलाई मनपर्ने कुरा लेख्ने हो भनेर उल्लेख गरेको स्टाटसमा केहीले ‘महानायक’ भन्दै कटाक्ष गरेपछि उनले यसरी सम्बोधन गर्नेलाई आफ्नो फेसबुकमा निषेध गर्ने जनाएका हुन् ।

आफूले कहिल्यै ‘महानायक’ पद दाबी नगरेको उनको भनाई छ । उनी लेख्छन्, ‘आजबाट ज-जसले मलाई ‘महानायक’ सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु । तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’

दशैंमा आएको दीपकराज समूहको फिल्म ‘छक्का पञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको थियो । करिब २० करोडको व्यापार फिल्मले गरेको जानकारी प्राप्त छ । रिलिजपूर्व सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान चलेको भए पनि बक्स अफिसमा त्यसको असर देखिएन । बरु अघिल्ला श्रृंखलाको भन्दा पनि व्यापारमा वृद्धि देखियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x