‘ह्रस्व दीर्घ’को कमाइ २ करोड माथि

फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको पहिलो दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माताले सार्वजनिक गरेको रिपोर्टमा यो फिल्मले दुई दिनमा २ करोड माथिको व्यापार गरेको छ । यो व्यापार उत्साहजनक हो ।
दर्शकको उत्साहजनक साथ पाएपछि यसको टिम काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए । हलमा पुगेका दर्शकले ताली र सिटीका साथ स्वागत गर्दै ‘ह्रस्व दीर्घ’को दोस्रो भाग बनाउन माग गरेका छन् । यस फिल्मले काठमाडौं उपत्यकामा मात्र नभई नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, इटहरी, धनगढी लगायतका सहरमा पनि सफल व्यापार गरेको छ ।
फिल्मले उच्च अकुपेन्सीमा व्यापार गर्दा समेत शो थप नगरेको गुनासो निर्माता तथा अभिनेत्री नीता ढुङ्गानाले गरेकी थिइन् । उनले शनिवार नै यो गुनासो गरेता पनि आइतबार शो थप भएनन्, तर सोमबारको लागि भने केही शो थप भएको देखिएको छ ।
चन्द्र पन्त निर्देशित यस फिल्ममा हरिहर अधिकारी, नीता ढुङ्गाना, प्रदीप रावत, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालद्वारा खिचिएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।