दया र रिश्माले सुरु गरे ‘रिमै’को छायांकन

Rimai Shoot START

‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ फिल्ममा देखिँदैछन् । फिल्म ‘रिमै’मा उनीहरुको सहकार्य जुरेको हो । मंगलबारबाट फिल्मको छायांकन सुरु गरिएको छ । गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि फिल्मको छायांकन थालिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए । दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।

अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, भंगेरी, लासे, गोर्खा बजार क्षेत्रमा छायांकन हुने फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

यसअघि फिल्ममा अभिनेता सौगात मल्लको पनि अभिनय रहने निश्चित थियो । तर, ‘बलिदान’सँग सेड्युल जुधेपछि उनले ‘रिमै’बाट हात झिकेका छन् । उनी स्वयंले फिल्मबाट आफू अलग भएको पुष्टि गरे । उनले फिल्मीखबरसँग फोनवार्तामा भने, ‘म काम गर्न तयार नै थिएँ । जेठबाट सुटिङमा जाने कुरा थियो । त्योबेला भएन । दशैं लगत्तै सुटिङ भएको हुन्थ्यो भने पनि म गर्थेँ । तर, अहिले ‘बलिदान’सँग सेड्युल जुध्यो । त्यसैले काम गर्न भ्याइएन ।’


‘रिमै’को निर्मातामा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले छन् भने सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् । रोहित-रत्न फिल्मका वितरक समेत हुन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । यसमा मित्र डि गुरुङको सम्पादन रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x