Todays Date: २०८३ जेष्ठ १७

फ्राइडे रिलिज : ‘तेल भिसा’ र ‘अग्निदहन’ हलमा

film

फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आआजबाट भएका हुन्।

विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ‘तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो।

अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।

फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ।

यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्।

त्यस्तै, ‘अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ।

हलले भने यो फिल्मलाई सीमित शो दिएका छन्।शुक्रबारदेखि नेपाली हलमा हलिउड फिल्म ‘ग्लेडिएटर’ पनि रिलिज भएको छ। तिहारमा रिलिज ‘पूर्णबहादुरको सारंगी’ को व्यापार अझै पनि राम्रो छ। यो फिल्म बिहीबारदेखि चौथो सातामा प्रवेश गरेको छ।

त्यस्तै, अघिल्लो शुक्रबार रिलिज ‘ह्रस्व दीर्घ’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x