वैशाख २६ मा विपिन र मिरुनाको ‘ऊनको स्वीटर’

Oonko Sweater Official Poster copy

आर्टमाण्डुले निर्माण गरेको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन मिती घोषणा गरिएको छ । निर्माणपक्षले सोमबार फिल्मको सिफियल पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २६ गते प्रदर्शन घोषणा गरेको हो ।

नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रमुख भूमिका रहेको यो फिल्मको सार्वजनिक पोस्टरमा विपिनले डोको बोकेका छन् भने उनको हातमा डायरी देख्न सकिन्छ । त्यस्तै, पछ्यौरी ओढेकी मिरूना मन्द मुस्कानमा देखिएकी छन्। त्यसको तलपट्टी विपिन र मिरूनालाई फोटो खिच्नका लागि पोज दिइरहेको देख्न सकिन्छ ।

यो फिल्मत्रलाई नवीन चौहानले निर्देशन गरेका हुन्। फिल्ममा विपिन र मिरूनाका साथमा सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, रत्न सुब्बा, मेनुका प्रधान लगायत कलाकारको अभिनय छ।

फिल्मको लेखन पनि निर्देशक चौहानले गरेका हुन्। फिल्ममा सुजन चापागाईंको संगीत निर्देशन, कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक छ। गीत रचना हर्क साउद र युवराज काफ्लेले गरेका छन्।

यो फिल्मको एसोसिएट निर्मातामा केन्द्र मोसन पिक्चर्स छ भने सह–निर्मातामा साहाङ चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने छन्। कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री छन्। यो फिल्मको सम्पूर्ण छायांकन पाँचथरमा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x