‘माइतीघर’ बनाउँदै रोहित अधिकारी, फूलपातीमा प्रदर्शन हुने

rohit maitighar

निर्माता रोहित अधिकारीले नयाँ फिल्म ‘माइतीघर’ निर्माणको घोषणा गरेका छन्। सामाजिक कथावस्तुमा आधारित यो फिल्मको सोमबार सार्वजनिक गरिएको थिम पोष्टरमार्फत प्रदर्शन मिति समेत घोषणा गरिएको हो।

निर्माता अधिकारीले ‘माइतीघर’लाई आगामी वर्ष २०८२ को फूलपातीका दिन प्रदर्शनमा ल्याइने बताएका छन्।

फिल्मको निर्देशन मिलन तामाङले गर्ने भएका छन् भने यसको छायांकन केही समयभित्रै सुरु हुने जनाइएको छ। हाल फिल्मको स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा रहेको अधिकारीले जानकारी दिए। स्क्रिप्ट सम्पन्न भएसँगै कलाकार छनोट प्रक्रिया सुरु गर्दै छायांकनको तयारी थालिने निर्माण टिमले जनाएको छ।

‘माइतीघर’ नामको चलचित्र ५८ वर्षअघि नै निर्माण भएको थियो। तर यसपटकको फिल्मको कथा र पटकथा पूर्णतः फरक हुने निर्माता अधिकारीले स्पष्ट पारेका छन्।

रोहित अधिकारी यसअघि ‘गाजलु,’ ‘छ माया छपक्कै,’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन्। सामाजिक मुद्दालाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको ‘माइतीघर’ ले दर्शकलाई नयाँ र आकर्षक कथावस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x