Todays Date: २०८३ जेष्ठ २७

‘स्प्लिट्सभिल्ला’बाट चर्चा कमाएकी दिकिला शेर्पा ‘माइतीघर’बाट डेब्यु गर्दै 

a

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा कलाकारहरुको लाइनअप बलियो बन्दै गइरहेको छ । मिलन तामाङको निर्देशनमा बन्ने यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे, प्रकाश सपुत र नायिका उपासना सिंह ठकुरी फाइनल भइसकेका छन् ।

अब, यो फिल्ममा निर्माणपक्षले नयाँ अनुहार भित्राएको छ । यो फिल्ममा अब दिकिला शेर्पाले काम गर्ने पक्का भएको छ । एमटीभीको रियालिटी शो ‘स्प्लिट्भिल्ला सिजन ५’बाट चिनिएकी दिकिला शेर्पाले यो फिल्मबाट डेब्यू गर्न लागेकी हुन् ।

यस्तै, उनले हालैमात्र रिलिज भएको गायक एकदेव लिम्बुको ‘झिम झिमाउने आँखा’ बोलको गीतको म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् ।

फिल्ममा दिकिलालाई भूमिका सुहाउने भएपछि भित्र्याउन लागेको निर्माता रोहित अधिकारीले जानकारी दिए । यो फिल्मका लागि अझै एक जना नायक फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

यो फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x