Todays Date: २०८३ बैशाख १९

‘चिठ्ठा’ निर्माण हुँदै, धिरेन र भोला मुख्य भूमिकामा

dhiren sakya movie chitti

कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पौष दोस्रो साताबाट फ्लोरमा जाने फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् ।

लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए ।

रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको फिल्ममा सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्वन्द्व, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x