Todays Date: २०८३ बैशाख १०

समीक्षाले दिइन् चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध साइबर ब्युरोमा निवेदन

samikshya

गायिका समीक्षा अधिकारीले चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।

आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको अधिकारीले बताएकी छन्। समीक्षाले साइबर ब्युरोमा दिएको निवेदन पनि सार्वजनिक गरेकी छन्।

‘मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर ब्युरोमा निवेदन दिएकी छु। मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्नेगरी राखिएको यस्तो प्रकारका भिडिओले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु।’

साथै समीक्षाले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने क्रियाकलाप नगर्न सम्बन्धित पक्षलाई अनुरोध पनि गरेकी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x