Todays Date: २०८३ बैशाख ९

‘दुखी आत्मा’को जापान अधिकार विक्री

dukhi atma

फस्टलुक सार्वजनिक भएसँगै फिल्म ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको जापान वितरण अधिकार बिक्री गरिएको छ ।

यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए ।

निर्माण टिमले कति रकममा फिल्मको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन ।

यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ ।

सुदिप ढकाल कार्यकारी निर्माता रहेको हिमाल कडरियाको लगानी छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x