Todays Date: २०८३ जेष्ठ २७

क्रिकेटर विपिनलाई अभिनेत्री स्वस्तिमाले दिइन् आइफोन उपहार

1735199727 bipin 1200x560 1

अभिनेत्री स्वस्तिमा खड्काले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) बाट चर्चामा आएका क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन्। एनपीएलमा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका विपिनलाई सोही टिमकी ब्राण्ड एम्बासडरसमेत रहेकी स्वस्तिमाले उपहार दिएकी हुन् ।

स्वस्तिमाले विपिनलाई क्रिसमसको अवसर पारेर उपहार दिँदै नोट पनि लेखेकी छन् । ‘प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरै धेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ। भविष्यका लागि थप सफलताको शुभकामना’, नोटमा लेखिएको छ ।

उक्त नोटलाई विपिनले इन्स्टाग्राममा स्टोरी राख्दै स्वस्तिमालाई धन्यवाद दिएका छन्।

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट ल्याएका १६ वर्षीय विपिनलाई एनपीएलमा ‘इमर्जिङ प्लेयर’को अवार्ड दिइएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x