Todays Date: २०८३ जेष्ठ १७

पोस्टरसँगै ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति तय

471585360 29125684820364486 630532353945108753 n

नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै फिल्मको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ। अब यो फिल्म आगामी फागुन २३ गते नेपालसहित अन्य विभिन्न देशहरूमा प्रदर्शन गरिने भएको छ। निर्देशक सशान कँडेलले यो जानकारी दिएका हुन्।

सार्वजनिक पोस्टरले चलचित्र हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ। पोस्टरमा चार मुख्य पात्रहरूलाई बास्केटबल कोर्टमा रमाइलो गतिविधिमा देखाइएको छ। चलचित्रका प्रमुख पात्रहरू आशिष घिमिरे, पारस बम ९कुलब्वाई०, रिहान गिरि, र पदम तामाङ हुन्। पोस्टरलाई राकेश दाहालले डिजाइन गरेका हुन्।

‘होस्टेल ३’ ले क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यो चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्। चलचित्रको कथा पनि निर्देशक कँडेलकै हो।

चलचित्रको निर्माण सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा गरेको हो। यसका निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा सुरेश कँडेल र कार्यकारी निर्मातामा शङ्कर कोइराला छन्।

चलचित्रमा मुख्य कलाकारहरूमा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, र आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ। प्राविधिक टोलीमा अर्जुन तिवारी (डिओपी), बुद्ध थापा र मनोज खत्री ९सिनेमाटोग्राफर०, सुदिप कुँवर (मुख्य सहायक निर्देशक), र यम प्रसाद ओली (प्रोडक्सन डिजाइनर) रहेका छन्।

चलचित्रमा संगीतकारहरूमा अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली, र किरण माइकल रहेका छन्। सम्पादन विकास दाहालले गरेका हुन् भने कोरियोग्राफीमा प्रवीण सिंह र रोशन विश्वकर्मा छन्। द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन्।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो। यो चलचित्र शृङ्खलाले नयाँ कलाकारहरूको उदय गराउँदै नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्न सफल भएको छ। यसपटक पनि चलचित्रले युवा पुस्तामाझ राम्रो चर्चा पाउने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x