Todays Date: २०८३ जेष्ठ १७

‘पूर्णबहादुरको सारंगी’ बन्यो सबैभन्दा लोकप्रिय फिल्म

1731956713 8Z6dH

फिल्म ‘पूर्णबहादुरको सारंगी’ सन् २०२४ मा सबैभन्दा लोकप्रिय नेपाली फिल्म बनेको छ । इन्टरनेट मूभी डेटाबेस (आइएमडीबी) का अनुसार १० मा कूल ८.६ रेटिङ पाउँदै ‘पूर्णबहादुरको सारंगी’ लोकप्रिय घोषित भएको हो ।

उक्त संस्थाले पेज भिजिटर र रेटिङको आधारमा उत्कृष्ट फिल्मको सूची तयार पार्छ । सन् २०२४ मा प्राप्त पेज भिजिटरले दिएको रेटिङ अनुसार ‘पूर्णबहादुरको सारंगी’ सूचीको शीर्ष स्थानमा पर्न सफल भएको हो ।

उक्त सूचीको दोस्रो स्थानमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ परेको छ । यो फिल्मले ७.१ रेटिङ पाएको छ । ‘बेहुली फ्रम मेघौली’ ८.१ रेटिङ पाएको छ तर यसको पेज भिटिजर संख्या कम भएकाले तेस्रो स्थानमा परेको छ ।

चौथो लोकप्रिय फिल्मका रुपमा ‘१२ गाउँ’ परेको छ भने पाँचौँ स्थानमा ‘बोक्सीको घर’ छ । छैटौंमा ‘खुस्मा’, सातौंमा ‘छक्कापञ्जा ५’, आठौंमा ‘पूजा, सर’, नवौंमा ‘घरज्वाइँ’, दशौंमा ‘पूजार सार्की’ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x