Todays Date: २०८३ जेष्ठ ११

‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टर सार्वजनिक

aktor movie

आगामी माघ १६ गते अर्थात् शहिद दिवसबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को मुख्य भूमिकामा दुई पुस्ता छन्, राजबल्लभ कोइराला र प्रदीप खड्का । राजबल्लभ दशकअघिका स्टार हुन् । उनीपछि उदाएको पुस्तामा प्रदीप पर्छन् । यसैले उनीहरुलाई एकसाथ पर्दामा हेर्न दर्शक अधैर्य छन् । ‘को हिरो र को भिलेन’ भन्ने कौतुहलता पनि उतिक्कै देखिन्छ ।

फिल्म रिलिजका लागि अब एक महिना बाँकी रहँदा निर्माण टिमले प्रचारमा तीव्रता दिन थालेको छ । जसअनुरुप सोमबार दुईथान पोस्टर सार्वजनिक गरियो, जसले पात्रहरुको मुड दर्शाउँछ । एक पोस्टरमा राजबल्लभ र प्रदीप चित्रित छन् । प्रदीपको अनुहारमा चोट देखिन्छ । राजबल्लभ भने सिगार तान्दै प्रदीपको फोटो निहालिरहेका छन् । यसले कथामा शक्तिको खेल रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा राजबल्लभ आक्रोशित भावमा देखिएका छन् । हातमा सल्किरहेको सिगार छ र उनले कसैलाई चुनौती दिइरहेको देखिन्छ । पोस्टरमा प्रदीप पनि चित्रित छन् । उनलाई चकलेटी अवतारमा प्रस्तुत गरिएको छ । उनीसहित दुई शीर्ष अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई पनि पोस्टरमा देख्न सकिन्छ । यसबाट पात्रहरुबीचको सम्बन्धको आयामलाई बुझाउन खोजिएको छ ।

राजन भुसालको निर्देशनमा बनेको यो फिल्ममा दिव्य देव, उषा रजक, सुशील सिटौला, सिर्जना अधिकारी, बादल भट्ट लगायतको पनि अभिनय छ । यसमा आकाश बराल र निर्देशक भुसालको लेखन छ । फिल्ममा थमन कुमार भण्डारी निर्माता र अनीश भुसाल सह-निर्मातामा छन् । फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् भने सम्पादन निमेष श्रेष्ठ तथा द्वन्द्व निर्देशन अष्ट महर्जनको रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x