Todays Date: २०८३ जेष्ठ ११

‘११ः५५’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

PHOTO 2024 12 31 14 22 41

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् । फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन छ ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्म कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x